रौतहटमा झडप, एक दर्जन बढी घाइते

रौतहटमा झडप, एक दर्जन बढी घाइते

काठमाडौँ । रौतहटको यमुनामाई गाउँपालिकामा ग्यास सिलिन्डर वितरणका क्रममा बुधबार झडप हुँदा एक दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन् । ग्यास बाँड्दा पक्षपात गरेको भन्दै दुई पक्षबीच भनाभनले झडपको रुप लिएको हो ।

घाइते अधिकांशको टाउकोमा चोट लागेको छन । त्यस क्रममा घाइते हुनेहरुमा बालक पनि छन् । यमुनामाई गाउँपालिकामा-५ को झुनखुनवा टोलमा गरिब विपन्न र निम्न आय भएकाहरुलाई गाउँपालिकाले ग्यास सिलिन्डर वितरण गर्ने क्रममा विभेद गरेको भन्दै दुई पक्षबीचमा झडप भएको प्रहरीले जनाएकाे छ ।

गाउँका एक दलितले ग्यास सिलिण्डर माग्दा नदिएको आरोप लगाए । ‘हामीले सिलिण्डर दिन अनुरोध गर्दा ढुंगामुडा गरेु,उनले भने,‘गाउँका ठूलाबडाले आफ्नो मानिसलाई मात्र सिलिण्डर बितरण गरेकोले झडपको अवस्था आएको हो ।’ त्यस वडाका दलितहरुले सिलिण्डर वितरणमा पक्षपात भएको आरोप लगाएका छन् । सोही विषयमा गाउँलेहरुबीच भनाभनपछि ढुंगामुडा भएको थियो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाका अनुसार गाउँपालिकाको योजना अनुरुप गरिब तथा विपन्न वर्गलाई सिलिन्डर वितरण गर्ने योजना रहेकोमा एउटा टोलमा बुधबार र अर्कोमा बिहीबार बितरण गर्ने गरी मिलाइएको थियो ।

तर, सूचना अभावका कारण बिहीबार वितरण गर्ने भनिएको टोलका मानिसहरु आएको र उनीहरुले नपाउने भ्रममा परे पछि बिबाद निकालेपछि झडप भएको हो । ‘एक वडामा २ सय २५ थान ग्यास सिलिन्डर वितरण गर्ने योजना थियो । निशुल्क ग्यास पाउने भएपछि दुईवटा वडाका मानिसहरु भेला भएका थिए । घाइतेको गौर अस्पतालमा उपचार भइरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार