बिपी प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

बिपी प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगर तीनपानीकी ५० वर्षीय महिलाको उपचारका क्रममा आइतबार मृत्युु भएको हो।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार कोरोना संक्रमित ती महिलालाई अत्यधिक ज्वरो, खोकी लाग्ने र श्वास फेर्न समस्या भएपछि विराटनगरस्थित न्युरो अस्पतालले थप उपचारका लागि प्रतिष्ठानमा रेफर गरेको थियो। तर, उपचारका क्रममा ती महिलाको आइतबार बिहान १२ बजेर ३० मिनेट जाँदा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

उनलाई राती ११ बजेर ५० मिनेटमा प्रतिष्ठानमा भर्ना गरिएको थियो। ती महिलामा फोक्सोको समस्याका साथै थाइराड र मुटुको समेत समस्या रहेको प्रतिष्ठानले जानकारी दिएको छ । योसँगै हालसम्म नेपालमा ८१ पुरुष र २२ महिला गरेर १ सय ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार