बागमतीका प्रदेशकी उपसभामुख तामाङलाई कोरोना संक्रमण

बागमतीका प्रदेशकी उपसभामुख तामाङलाई कोरोना संक्रमण

काठमाडौँ । बागमती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिका–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपसभामुख तामाङमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उपसभामुख तामाङ सहित उहाँका छोरालाई समेत कोरोना संक्रमण पुष्टि भएको र स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका वडाध्यक्षसँग भेटभाट भएको र वडाध्यक्षलाई संक्रमण पुष्टि भएपछि आफू र परिवारले स्वाब परीक्षण गराएको उपसभामुख तामाङले बताइन् ।

कोरोना पोजेटिभ देखिए पनि हालसम्म आफू र छोरामा कुनै लक्षण नदेखिएको उनले बताइन् । हाल उनी उपसभामुखको निवास हेटौँडा–१० स्थित होम आइसोलेसन बसिरहेकी छिन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार