महाराजगञ्ज वृत्तमा ५ प्रहरी र १ थुनुवालाई कोरोना पुष्टि

महाराजगञ्ज वृत्तमा ५ प्रहरी र १ थुनुवालाई कोरोना पुष्टि

प्रतिकात्मक तस्बिर

काठमाण्डौ । महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तका पाँच जना प्रहरी र एक थुनुवालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

साउन ३० गते मनमैजुमा एक व्यक्तिको हत्या गरेको आरोपमा समातिएका एक थुनुवामा कोरोना पुष्टि भएको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन ।

थुनुवा र प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि अरुको पनि परीक्षण भइरहेको एसएसपी ज्ञवालीले बताएका छन । कोरोना सङ्क्रमण पुष्टि भएका सबैलाई आइसोलेशनमा पठाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार