सल्यानमा बिहेको जग्गेबाट दुलाहादुलही सहित ५ जना पक्राउ

सल्यानमा बिहेको जग्गेबाट दुलाहादुलही सहित ५ जना पक्राउ

काठमाडौा । प्रहरीले सल्यानमा बिहेको जग्गेबाट दुलाहा दुलही, बिहे गराउने पुरोहितसहित पाँच जनालाई पक्राउ गरेको छ। बालविवाह गराउन खोजेको अभियोगमा प्रहरीले बेहुला बेहुली, बेहुलाका बाबु आमा र बाहुनलाई समेत पक्राउ गरेको छ।

आइतबार विहान विहेको जग्गेबाट सल्यानको बागचौर नगरपालिका-८ गैरागाउँ निवासी दुलाहा २५ वर्षीय दिपेन्द्र शर्मा र बाँकेको बैजनाथ गाउँपालिका-१ गाभर निवासी १८ वर्षीया लक्ष्मी जैसीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए।

शर्माको घरमै बालविवाह भइरहेको भन्ने सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले दुलाहा–दुलही, दुलाहाका बुवा आमा र पुरेतलाई समेत पक्राउ गरेको डिएसपी खतिवडाले बताए। इलाका प्रहरी कार्यालय थारमारेवाट खटिएको प्रहरीले टोलीले भदौ १४ गते बिहान ८ बजेतिर बेहुलाका बुवा रेशम प्रशाद शर्मा, बेहुलाकी आमा र पुरोहितलाई समेत पक्राउ गरेको उनले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार