वीरगन्जमा गरिएको परीक्षणमा थप ११० जनामा कोरोना पोजेटिभ

वीरगन्जमा गरिएको परीक्षणमा थप ११० जनामा कोरोना पोजेटिभ

काठमाडौँ । वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा थप ११० जनामा कोरोना पोजेटिभ देखिएको छ । पर्सा, बारा र रौतहटबाट संकलन गरिएको ५७६ जनाको स्वाब परीक्षण गर्दा ३० महिला र डेढ वर्षका एक बालकसहितलाई संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जनाए ।

संक्रमितमध्ये ६९ जना पर्साका, २४ जना बाराका र १७ जना रौतहटका छन् । वीरगन्ज महानगरपालिकाका विभिन्न वडामा ४९ जना संक्रमित थपिएका छन् । बहुदरमाई नगरपालिकाका ४ र ५ नम्बर वडामा थप पाँच जनामा कोरोना पोजिटिभ देखिएको छ ।

पर्सागढी नगरपालिका–४ र वडा नम्बर ८ मा ७ जनामा कोरोना पुष्टि भएको छ । पोखरिया नगरपालिका–४ र १० मा थप चार जना संक्रमित भएका छन् । बाराको कलैया उपमहानगरपालिकाका विभिन्न वडाका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै गरी रौतहटको यमुनामाई गाउँपालिका–३ मा १७ जनामा कोरोना पोजिटिभ देखिएको हाे ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार