ललितपुर र चितवनमा थप २ कोरोना संक्रमितको मृत्यु

ललितपुर र चितवनमा थप २ कोरोना संक्रमितको मृत्यु

फाइल फोटो

काठमाडौं । ललितपुरको अल्का अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ६७ वर्षीय पुरुषको भदौ २३ गते साँझ ५ बजे मृत्यु भएको हो । ती पुरुषलाई सोही दिन अल्का अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य जटिल भएकाले भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

यस्तै मिर्गौला फेल भएर भरतपुर अस्पतालमा डायलाइसिस गराइरहेका एक संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। नवलपरासीको देवचुली नगरपालिका-१ बस्ने ६४ वर्षीय पुरुषको मंगलबार साँझ ५:३० बजे उपचारका क्रममा मृत्यु भएको हो। मिर्गौला फेल भएर डायलाइसिस गराइरहेका ती पुरुषमा १७ गते कोरोना संक्रमण देखिएको थियो।

उनलाई १९ गते अस्पताल भर्ना गरिएको थियो। अस्पतालको आइसीयुमा उपचाररत उनको दीर्घ मिर्गौला रोग, उच्च रक्तचाप र कोभिड-१९ निमोनियाको संक्रमणका कारण निधन भएको अस्पतालले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार