चाडपर्व लक्षित सहुलियतपूर्ण पसल सञ्चालनमा

चाडपर्व लक्षित सहुलियतपूर्ण पसल सञ्चालनमा

काठमाडौँ । आज देखि सरकारले चाडपर्व लक्षित सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउने भएको हो । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले सहुलियतपूर्ण पसलबाट विक्री वितरण सुरू गर्न लागेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तथा साल्ट ट्रेडिङको सहयकार्यमा देशका ४९ वटा स्थानमा आजबाट सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउने भएको हो ।

सरकारले सञ्चालनमा ल्याएको सहुलियतपूर्ण पसलमा अत्यावश्यक खाद्य वस्तु बजार भाउ भन्दा २० रुपैयाँसम्म सस्तो पर्ने छ । उपत्यकाभित्र कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुगंल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी र जावलाखेलमा सहुलियत पसल सञ्चालन हुनेछ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत पसलसहित देशभरका ४९ स्थानबाट यो छुटमा खाद्यान्न बिक्री गरिनेछ।

देशभर ४९ स्थानमा सञ्चालनमा ल्याइने सहुलियत पूर्ण पसलबाट चिनी,दाल, चामल लगायतका खाद्य वस्तुमा प्रतिकिलोमा १८ रुपैयाँसम्म सस्तो पर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार