थप १९११ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ५०९ पुग्यो

थप १९११ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ५०९ पुग्यो

काठमाडौँ । बिहीबार देशभर थप १ हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टा १२ हजा ४४४ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७९ हजार ७२८ पुगेको छ।

त्यस्तै यस अवधिमा ९ सय ६१ जना कोरोनाबाट निको भएका छन्। योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृत्यु हुनेको संख्या ५०९ पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार