बीपी प्रतिष्ठान कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

बीपी प्रतिष्ठान कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान–३ का ६४ वर्षीय पुरुषको मंगलबार विहान ४ः२० मा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए ।

ती पुरुषमा यही असोज १२ गते aकोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । मृतक डायबिटिज र टिबी रोगबाटसमेत पीडित रहेको प्रतिष्ठानले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार