फेसबुकले हटायो ट्रम्पको कोभिड–१९ सम्बन्धी पोष्ट

फेसबुकले हटायो ट्रम्पको कोभिड–१९ सम्बन्धी पोष्ट

सामाजिक सञ्जालमा कोरोनाभाइरस सम्बन्धी गलत सूचना दिएको भन्दै फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोष्ट हटाएको छ। त्यही पोष्टलाई ट्विटरले भने ‘रिट्विट’ हुन नसक्ने बनाइदिएको छ।

तीन दिन अस्पतालमा उपचार गरेर फर्किएपछि उनले कोभिड–१९ लाई ‘फ्लुजस्तै भएको’ उल्लेख गरेका थिए। यो कोरोनाभाइरस सम्बन्धी गलत सूचना भएको र आफूहरुको नियम उल्लंघन भएको भन्दै फेसबुक र ट्विटरले कारबाही गरेका हुन्।

फेसबुकले उक्त पोष्ट हटाउनुअघि २६ हजार पटक सेयर भइसकेको थियो। “हामी कोभिड–१९ को गम्भीरताबारे गलत सूचना हटाउछौँ”, फेसबुकका प्रवक्ताले समाचार एजेन्सी रोयटर्सलाई बताएका छन्। विश्वकै सबैभन्दा ठूलो सामाजिक सन्जाल फेसबुकले ट्रम्पका पोष्टविरुद्ध विरलै कारबाही गरेको छ।

ट्विटरले ट्रम्पको उस्तै प्रकारको ट्विटलाई ‘रिट्विट’ हुन नसक्ने बनाएको छ। त्यसमा चेतावनी सन्देश ‘कोभिड–१९ सँग सम्बन्धित भ्रामक र संभावित हानिकारक सूचना’ भएको जनाएको छ।

फेसबुकले पहिलोपटक गएको अगष्टमा कोरोनाभाइरस सम्बन्धी गलत सूचना दिएको भन्दै ट्रम्पको पोष्ट हटाएको थियो। त्यति वेला ट्रम्पले एक भिडिओ पोष्ट गर्दै बालबालिकामा कोभिड–१९ विरुद्ध लड्ने प्रतिरोधी क्षमता बढी हुने बताएका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार