भ्रष्टाचारविरुद्ध मुगु कांग्रेसको अभियान

भ्रष्टाचारविरुद्ध मुगु कांग्रेसको अभियान

मुगु । कांग्रेस मुगुले भ्रष्टाचार विरुद्धको अभियान प्रारम्भ गरेको छ । जिल्लामा भ्रष्टाचार अनियमित व्यापक बनेको भन्दै कांग्रेसले त्यसविरुद्ध अभियान सुरु गरेको हो । मंगलबार कांग्रेस नेता र कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलालाई ज्ञापन पत्र बुझाउँदै जिल्लामा मौलाउँदै गएको भ्रष्टाचार न्यूनिकरणका लागि ध्यानाकर्षण गराए ।

अख्तियारको शाखाको रुपमा चिनिने प्रशासनले भ्रष्टाचारलाई कारबाही गर्न नसकेको उजुरी मुद्दा छानबिन गर्न ढिलासुस्ती गरेको आरोप कांग्रेसको छ । भ्रष्टाचार, अनियमितता छानबिन गर्दै दोषीलाई कारबाही गरेर जनउत्तरदायी, जवाफदेही र कर्तव्यनिष्ठ सरकारको अनुभूति गराउन पनि माग गरिएको छ ।

कांग्रेस पार्टी सभापति खड्गबहादुर शाहीले संघ र प्रदेशका योजनामा व्यापक अनियमितता भएको, माथिबाट व्यक्तिका नाममा योजना तोकिएर आउने र कामै नगरी बजेट सिध्याउने काम भइरहेको आरोप लगाए । तर प्रशासन कार्यालयले आफूहरुकै आग्रहमा अख्तियारको टोली मुगुमा आएर योजना हेर्ने, उजुरी छानबिन गर्ने काम गरिरहेको बताएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार