किस्टमा कोरोना संक्रमित पुरुषको मृत्यु

किस्टमा कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं । ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । ललितपुर इमाडोलका ८५ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए ।

उनको छातीमा पानी जमेको समस्या थियो । यही असोज २० गते भर्ना गरिएको थियो । उपचारको क्रममा २१ गते पोजेटिभ रिपोर्ट आएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार