विप्लव समूहका कञ्चनपुर सचिव पक्राउ

विप्लव समूहका कञ्चनपुर सचिव पक्राउ

कञ्चनपुर । नेपाल कम्यूनिष्ट पार्टी (विप्लव समूह) कञ्चनपुरका पार्टी कार्यालय सचिव पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार नेकपा जिल्ला पार्टी कार्यालय सचिव शंकर महरालाई पक्राउ गरेको हो ।

कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले महरा विरुद्ध यसअघि आगजनी, विस्पोटका घटनामा संलग्न भएकाले पक्राउ गरिएको बताए । ‘उहाँ विरुद्ध परेको जाहेरीका आधारमा अदालतमा पेश गरिएको मुद्दामा अनुपस्थित भएकाले पक्राउ गरेका हौँ, ‘प्रवक्ता थापाले भने, ‘महराका विषयमा थप अनुसन्धान पनि गछौँ ।’ महरालाई महेन्द्रनगरबाट पक्राउ गरिएको उनले बताए ।

नेकपा कञ्चनपुरले भने आफ्ना नेता कार्यकर्तालाई झुटा मुद्दा लगाएर फसाउने काम गरेको भन्दै महराको ससम्मान रिहाईको माग गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार