कोरोना संक्रमित कांग्रेस महासमिति सदस्य मदन मण्डलको मृत्यु

कोरोना संक्रमित कांग्रेस महासमिति सदस्य मदन मण्डलको मृत्यु

काठमाडौँ । कोरोना भाइरस संक्रमण देखिएका नेपाली कांग्रेस बाराका महासमिति सदस्य मदन मण्डलको मृत्यु भएको छ। बारा आदर्शकोटवाल गाउँपालिका टेढाकटीका ४५ वर्षीय मण्डलको आइतबार बिहान मृत्यु भएको कांग्रेस बाराले जनाएको छ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइँदै थियो। वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट शनिबार पोजेटिभ आएको थियो।

महासमिति सदस्य मण्डलको निधनप्रति नेपाली कांग्रेस बाराले दुःख व्यक्त गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार