कांग्रेस केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर केसीको निधन

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर केसीको निधन

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ। गए राति पोखरास्थित घरमा ६३ वर्षका केसीको निधन भएको कांग्रेस कास्की सभापति कृष्ण केसीले जानकारी दिए । केसी लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी थिए।

केसी प्रतिनिधिसभामा कांग्रेस सांसद हुन्। उनी राप्रपा छाडेर २०७४ सालमा कांग्रेस प्रवेश गरेका थिए। उनी प्रतिष्ठित व्यवसायीक व्यक्तित्वका रुपमा परिचित थिए । उनको आज बिहान ९ः३० बजे अन्तिम संस्कार हुने पारिवारिक स्रोतले बताएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार