आज एकैदिन ३ हजार ४ सयले घट्यो सुनको मूल्य

आज एकैदिन ३ हजार ४ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ४ सयले घटेको छ। सोमबार सुन ९८ हजार २ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो अघिल्लो दिनको भन्दा तोलामा ७० रुपैयाँले कम हो। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

कोभिड-१९ विरुद्धको खोपका सम्भावित सफलताको आशासँगै विश्व शेयर बजारमा सकारात्मक प्रभाव देखिन थालेपछि सुनको भाउ घट्न थालेको हो । अब तत्काल सुनको भाउ बढ्ने सम्भावना नरहेको महासङ्घले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार