वडाध्यक्ष शाहीको निधन

Corona-Ad-Raptisonari

वडाध्यक्ष शाहीको निधन

Florence Ad

सुर्खेत । जुम्ला  हिमा गाउँपालिका १ का वडाध्यक्ष वीरबहादुर शाहीको ७४ वर्षको उमेरमा निधन भएको छ । दुई हप्ताअघि कात्तिक १६ गते घरमै बेहोस भइ मष्तिक्स पक्षघातबाट बिरामी हुनुभएका शाहीको शनिबार राति निधन भएको परिवारले जनाएको छ ।

कात्तिक १६ गते बेहोस हुनुभएका शाहीलाई १७ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइ सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो ।

चिकित्सकका अनुसार टाउकोको रक्तनलीे फुटेर लामो समय होसमा नआएपछि परिवारको सल्लाहमा कात्तिक २२ गते उहाँलाई घरमा ल्याइएको थियो ।

Dunduwa Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Musikot-Ad