जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा स्तनपान कक्ष स्थापना

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा स्तनपान कक्ष स्थापना

मुसिकोट । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानका क्रममा आइतबार देखि महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै कार्यालय हाताभित्र स्तनपान कक्षको व्यवस्था गरेको छ ।

पछिल्लो समय लैङ्गिक विषयका मुद्दाहरु महत्वका साथ उठिरहेको बेला जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पनि त्यसतर्फ काम गर्न थालेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । उनका अनुसार सेवा प्रवाहलाई महिलामैत्री बनाउनका लागि यस्तो व्यवस्था गरिएको बताएका छन ।

कार्यालयमा सेवा लिन आउने स्तनपान गराउने महिलाहरूको सुविधालाई मध्यनजर गरी कार्यालयको भवनभित्र सुरक्षित स्थानमा स्तनपान कक्ष सञ्चालनमा ल्याइएको हो। उक्त स्तनपान कक्षमा स्तनपान गराउने महिलाले मात्रै नभई सेवा लिन आउउने गर्भवती तथा अशक्त महिलाले समेत अप्ठ्यारो महशुस भएमा आराम गर्न सक्नेछन् । स्तनपान कक्षमा सुत्न मिल्ने बेड, सोफा, टि-टेवल तथा कुर्चीको व्यवस्था गरिएको प्रजिअ गैह्रेले जानकारी दिएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार