फुटेको झण्डै दुई वर्षपछि विवेकशील र साझा पार्टीबीच एकता

फुटेको झण्डै दुई वर्षपछि विवेकशील र साझा पार्टीबीच एकता

काठमाडौं । फुटेको झण्डै २ वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ । एकीकृत पार्टीको नाम विवेकशील साझा राखिएको छ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशीलका अध्यक्ष मिलन पाण्डेले आज अपरान्ह सहमति पत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गर्नुभयो । नवगठित पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे हुनुहुन्छ ।

पार्टीको चुनाव चिन्ह तराजु रहने लगायतका विभिन्न सहमति भएको छ । कोरोनाका कारण भर्चुअल माध्यमबाट पार्टी एकता घोषणा गरिएको थियो । घोषणा कार्यक्रममा अध्यक्ष मिश्र र संयोजक पाण्डेले अब विकेकशील साझालाई निर्विकल्प पार्टी बनाउने दाबी गर्नुभयो ।

१ सय ३० सदस्यीय केन्द्रीय समितिमा दुबै पक्षबाट ६५/६५ जना रहनेछन् । केन्द्रीय समितिको पहिलो बैठकले दुबै पक्षबाट १३र१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।

पार्टीका संरचना गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सक्ने र ६ महिनाभित्र एकता महाधिवेशन गर्ने एकता घोषणापत्रमा उल्लेख छ । २०७४ साउन ११ गते दुई पार्टीबीच एकता भए पनि २०७५ पुष २७ मा विभाजन भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार