भारतले नेपाल आज कोरोनाविरुद्धको खोप उपलव्ध गराउने

भारतले नेपाल आज कोरोनाविरुद्धको खोप उपलव्ध गराउने

काठमाडौँ । छिमेकी देश भारतले आजदेखि नेपाल सहितका देशलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ । भारतीय विदेश मन्त्रालयले नेपालसहित विभिन्न छिमेकी देशलाई अनुदानमा खोप उपलब्ध गराउन लागेको हो । कोभिड महामारीसँग जुझ्न नेपाल, भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, म्यानमार र सेसल्सलाई खोप अनुदानमा वितरण गरिने भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस्तै श्रीलंका, अफगानिस्तान र मोरिससलाई त्यहाँका नियामक निकायले स्वीकृति दिएपछि खोप उपलब्ध गराउने जनाएको छ । नेपाल सरकारले गठन गरेको विज्ञ समूहका संयोजक डाक्टर श्यामराज उप्रेतीले प्राप्त हुन लागेको खोपको परिमाण भने जानकारी नभइसकेको बताउनु भएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले यस विषयमा उपयुक्त समयमा जानकारी दिने बताउनु भयो । औषधि व्यवस्था विभागले अघिल्लो साता भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको अक्सफोर्ड एष्ट्राजेनेकाको कोभिशिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । भारतमा कोरोना भाइरसविरुद्धको कोभिशिल्ड र कोभ्याक्सिन खोपलाई प्रयोगको अनुमति दिइएको छ । कोभिशिल्ड बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एष्ट्रोजन कम्पनीले विकास गरेका हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार