प्रचण्ड–माधव समूहले गर्यो सम्पादकहरुसँग छलफल

प्रचण्ड–माधव समूहले गर्यो सम्पादकहरुसँग छलफल

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूह ले देशको पछिल्लो परिस्थितिबारे सम्पादकहरुसँग छलफल आयोजना गरेको छ । छलफल दरबारमार्गस्थित होटल याक एण्ड यतीमा जारी छ ।

नेताहरुले संसद विघटनपछिको राजनीतिक परिस्थिति, संसद विघटनविरुद्ध पार्टीले चालेको कदम र सम्पादकहरुको भूमिकाबारे छलफल आयोजना गरेका छन् ।छलफलमा अध्यक्षद्वय प्रचण्ड, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, योगेश भट्टराई, जनार्दन शर्मालगायतका नेताहरु सहभागी भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपाकै प्रचण्ड–माधव समूह सहित प्रतिपक्ष दलहरु आन्दोलनमा छन् ।विभिन्न पेश व्यवसायी संगठन, नागरिक समाज लगायतसँग प्रचण्ड–माधव समूहले छलफल गर्दै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार