आम हड्ताल साँझ ६ बजेपछि फिर्ता हुने

आम हड्ताल साँझ ६ बजेपछि फिर्ता हुने

काठमाडौं । प्रचण्ड–नेपाल पक्षले आज (बिहिबार) घोषणा गरेको आम हड्ताल साँझ ६ बजेपछि फिर्ता हुने भएको छ ।  सरकारले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति, भूमि आयोग गठन र संसद् विघटनको विरोधमा दाहाल–नेपाल पक्षले आम हडताल घोषणा गरेको हो। आम हडतालका कारण देशभरको जनजीवन प्रभावित भएको छ।

साँझ ६ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आम हडताल आफूहरुको बाध्यता भएको भन्दै उनले यसलाई सहज रुपमा बुझिदिन नागरिकहरुलाई आग्रह गरेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार