भागरथी हत्याको अनुसन्धानमा कुनै कमि हुँदैन : प्रहरी

भागरथी हत्याको अनुसन्धानमा कुनै कमि हुँदैन : प्रहरी

काठमाडौँ । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या घटनाको अनुसन्धानमा कुनै कमि हुन नदिने प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता बसन्तबहादुर कुँवरले किशोरी हत्या घटनाको अनुसन्धानका लागि अत्यन्त सजगताका साथ सुक्ष्म अनुसन्धान भइरहेको बताए।

उनले भने, ‘अपराधी पत्ता लगाएर पक्राउ गरी कारबाही गर्न प्रहरी प्रतिवद्ध छ।’ भागरथी हत्याको अनुसन्धान पनि कञ्चनपुरकी किशोरी निर्मला पन्तको जस्तै नहोस् भनेर चौतर्फी रुपमा खबरदारी भइरहेको छ।

शनिबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै यो घटना पनि निर्मला प्रकरण जस्तो नहोस् भनेर खबरदारी गरेका छन्। यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि भागरथीका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।

शनिबार भागरथीको न्यायको माग गर्दै काठमाडौँमा प्रदर्शन भएको थियो । प्रदर्शनका सहभागीहरुले भागरथीका हत्यारालाई तत्काल पक्राउ गर्न माग गरेका थिए। उनीहरुले यो घटनाको अनुसन्धानमा पनि निर्मला प्रकरणको जस्तै लापवार्ही नगर्न प्रहरी प्रशासनलाई खबरदारी गरेका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार