खुला प्रतिस्पर्धाबाट मुसीकोट खलंगा बहुमुखी क्याम्पसको प्रमुखमा गौतम नियुक्त

खुला प्रतिस्पर्धाबाट मुसीकोट खलंगा बहुमुखी क्याम्पसको प्रमुखमा गौतम नियुक्त

मुसिकोट । मध्यपश्चिमाञ्च विश्वविद्यालयले पहिलोपटक खुला प्रतिस्पर्धाबाट रुकुम पश्चिमको मुसीकोट खलंगा बहुमुखी क्याम्पसको प्रमुखमा बुद्धिप्रसाद गौतम नियुक्त हुनु भएको छ । क्याम्पस प्रमुखका लागि ६ जनाको आवेदन परेको थियो ।

गौतमको कार्यकाल ४ वर्षको रहने छ । उहाँ विगत १५ वर्ष देखि मुसीकोट खलंगा बहुमुखी क्याम्पसमा कार्यरत हुनुहुन्छ । यसअघि क्याम्पस प्रमुखमा मुकुन्दप्रसाद शर्मा हुनुहुन्थ्यो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार