९१ वर्षीया उपमेयरले जितिन् कोरोना

९१ वर्षीया उपमेयरले जितिन् कोरोना

काठमाडौँ । उच्च मनोबल र आवश्यक स्वास्थ्य सुरक्षा सावधानि अपनाउने हो भने कोरोनालाई परास्त गर्न सकिन्छ भन्ने उदाहरण वीरगंज महानगरपालिकाकी ९१ बर्षिय उपमेयरले देखाउनु भएको छ ।

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएकी वीरगंज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्कीले कारोना संक्रमणमुक्त हुनुभएको छ । दुई साताअघि उहाँलाई कोरोना देखिएको थियो।

बुधबार गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज बिहानै उपमेयर कार्की अस्पतालबाट डिस्चार्ज हुनु भएको हो । महानगरका मेयर विजयकुमार सरावगीले उपमेयर कार्कीलाई कोरोना नेगेटिभ आएपछि आज बिहान डिस्चार्ज भएको बताउनुभयो ।
महानगरले नै सञ्चालन गरेको कोभिड १९ अस्पतालमा उमेयर १३ दिन बस्नुभएको हो ।

उपमेयर कार्कीको आफ्नै घर छैन। उहाँलाई वडा नम्बर ४ स्थित भाउजूको घरमा राखिएको छ। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उहाँ उपमेयर निर्वाचित हुनुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार