संक्रमितको लागि निजी गाडीलाई एम्बुलेन्स बनाएर काँग्रेस नेता बस्नेतले भने ‘यो फिर्ता गर्न पर्दैन, चालक र इन्धन खर्च पनि म बेहोर्छु’

संक्रमितको लागि निजी गाडीलाई एम्बुलेन्स बनाएर काँग्रेस नेता बस्नेतले भने ‘यो फिर्ता गर्न पर्दैन, चालक र इन्धन खर्च पनि म बेहोर्छु’

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवंम पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कोरोना संक्रमित बोक्न निजी गाडीलाई एम्बुलेन्स बनाएर हस्तान्तरण गर्नुभएको छ। गृहजिल्ला सिन्धुपाल्चोकका कोरोना संक्रमितलाई अस्पताल आउजाउ गर्न एम्बुलेन्स अभाव भएपछि बस्नेतले आफूसँग भएको बा २ च ७५९१ नम्बरको गाडी दिनुभएको छ ।

उक्त गाडी फिर्ता गर्नु नपर्ने गरी बुधबार दिएको पूर्व मन्त्री बस्नेतले बताउनु भएको छ । उहाँले चालकसहित एक वर्षका लागि इन्धन खर्चसमेत आफूले नै व्यवस्था गरिदिने यसअघि नै घोषणा गरिसक्नु भएको छ । नेता बस्नेतले गृह जिल्ला सिन्धुपाल्चोकका विभिन्न स्वास्थ्य केन्द्र तथा अस्पताललाई अक्सिजनसहित १ सय बेडसमेत हस्तान्तरण गर्नुभएको छ ।

यस्तै बस्नेतकै पहलमा सिन्धुपाल्चोकमा कोरोना संक्रमितलाई उपचार गर्नका लागि एक सय शैयाको अस्पताल पनि तयार पारिएको छ। उक्त अस्पतालमा अक्सिजनसहित व्यवस्थापन मिलाइएको छ।

तस्बिर : रोशन सापकोटा/रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार