१०२ वर्षका संस्कृतिविद् सत्यमोहन जोशी बिरामी

१०२ वर्षका संस्कृतिविद् सत्यमोहन जोशी बिरामी

तस्बिर: सुनिल मर्हजन।

काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशी बिरामी भएका छन्। १०२ वर्षका जोशीको छातीमा समस्या देखिएपछि अस्पताल लगिएको थियो। ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा जोशीको उपचार भइरहेको छ। जोशीलाई बुधबार अस्पताल लगिएको हो।

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले दिएको जानकारी अनुसार जोशीलाई निमोनिया देखिएको छ। कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ। किष्ट अस्पतालले यसअघिदेखि नै जोशीको स्वास्थ्य परीक्षण गर्दै आएको छ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार