रासस महाप्रबन्धकमा राई नियुक्त

रासस महाप्रबन्धकमा राई नियुक्त

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा पत्रकार सिद्धराज राई नियुक्त हुनुभएको छ । नागरिक दैनिक, नेपाल समाचारपत्र लगायतका सञ्चारमाध्यममा काम गर्नुभएका राईले आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गर्नुभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जानकारी दिनुभएको छ। धनकुटाको शहिदभूमि गाउँपालिका निवासी राई विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार