सानीभेरीको पोखरी लेखमा लिफ्टिङ गरेर पानी पुगेपछि स्थानीय खुसी

सानीभेरीको पोखरी लेखमा लिफ्टिङ गरेर पानी पुगेपछि स्थानीय खुसी

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको सबै भन्दा उचाईमा रहेको वडा नं ५ पोखरी लेखमा दुई वटा सौर्य खानेपानी आयोजनाको परीक्षण सफल भएको छ ।

सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनको टोलिले पोखरी लेखमा पुगेर सौर्य उर्जा मार्फत लिफ्टिङ गरिएको पानी गाउँको माथिल्लो भागमा तानेर गरिएको परिक्षण सफल भएपछि जुगौंदेखि गाग्रीमा पानी बोकेर गुजारा चलाइरहेका पोखरीगाउँ बासी अत्यन्तै उत्साहित भएका छन् ।

पोखरी ग्रामिण सौर्य खानेपानी आयोजना र खाली ग्रामिण खानेपानी आयोजना गरी २ वटा आयोनाबाट भदाले, पोखरी, साईमेरी र पोखरी लेकका एक विद्यालय सहित कुल एक सय आठ घरधुरी लाभान्वित हुनेछन ।

सानीभेरी गाउँपालिका¸ वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको अनुदान¸ प्रधानमन्त्री रोजगार कार्यक्रम र २० प्रतिशत जनश्रमदान गरी जम्मा ९४ लाखमा गाउँको माथिल्लो भागमा पानी पुगेको खाली ग्रामिण सौर्य खानेपानी आयोजनाका सचिब दिनेश खत्रीले जानकारी दिनुभयो ।

४ सय ४० मिटर भर्टिकल उचाई रहेको पोखरी ग्रामिण सौर्य खानेपानी आयोजना र १५० मिटर भर्टिकल उचाई रहेको खाली ग्रामिण सौर्य खानेपानी आयोजनाबाट गाउँमा पानी पुगेपछी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले आफ्नो कार्यकालको अर्को महत्पपूर्ण सफलता प्राप्त भएको बताउनुभएको छ ।

अध्यक्ष पुनले बाँकी रहेको काम पुरा गर्न आगामी आर्थिक वर्ष २०७८/०७९ मा २० लाख बजेट गाउँपालिकाले व्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार