रुकुम पश्चिममा शिक्षकको रिले अनशन

रुकुम पश्चिममा शिक्षकको रिले अनशन

मुसिकोट। रुकुम पश्चिममा नेपाल शिक्षक महासंघ आवद्ध शिक्षकहरु रिले अनशन बसेका छन् । नेपाल शिक्षक महासंघको केन्द्रिय सर्कुलर अनुसार विभिन्न ३४ बुँदे माग राख्दै चौथो चरणको आन्दोलन अन्तरगत रुकुम पश्चिममा रिले अनशन सुरु गरेका हुन ।

सरकारले महासंघको मागलाई बेवास्ता गरेको भन्दै आज रुकुम पश्चिममा बिहान ८ बजेदेखि शिक्षकहर एक दिने रिले अनशन शुरु गरेका हुन् ।

महासंघ आवद्ध शिक्षकहरु रुकुम पश्चिमका ६ वटै स्थानीय तहको कार्यालय र शिक्षा विकास तथा समन्यवय इकाइमा अनशन बसेको नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमित रुकुम पश्चिमका उपाध्यक्ष देब बहादुर खड्काले जानकारी दिनुभएको छ । उहाँले भन्नु भयो, ‘सरकारले हामीसँग गरेको ३४ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ । सहमति गरेर पनि कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिनुपरेको छ ।’

महासंघले प्रारम्भिक बालकक्षा शिक्षक तथा कर्मचारीको तलब वृद्धि संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, कोभिडविरुद्धको खोपको व्यवस्था हुनुपर्ने, कोभिडका कारण मृत्यु भएका शिक्षक परिवारलाई क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने, आन्तरिक परीक्षाबाट बहिर्गमनमा परेका अस्थायी शिक्षकलाई तत्काल गोल्डेन हेन्डसेक दिनुपर्ने लगायतका माग गर्दै आन्दोलन गरिरहेका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार