स्याउलीबजार नजिकै बेवारिसे शव फेला

स्याउलीबजार नजिकै बेवारिसे शव फेला

मुसिकोट । सोमबार साँझ रुकुम पश्चिममा एक बेवारिसे शव फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका १२ र त्रिवेणी गाउँपालिका जोड्ने स्याउलीबजार नजिकै एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक ध्रुव कुमार श्रेष्ठले शव कस्को हो भन्नेबारे पहिचान हुन नसकेको बताउँनुभयो । स्थानीयले खबर गरेपछि सोमबार राति नै शवलाई जिल्ला अस्पताल सल्लेमा ल्याईएको र आज पोष्टमार्टम गरिने उहाँले जानकारी दिनुभयो । ‘शवको पहिचान भएको छैन,’ डिएसपी श्रेष्ठले भन्नुभयो, ‘मागेर हिड्दै खाने, तराईमुलको मान्छे हो कि भन्ने स्थानीयले आशंका गरेतापनि पहिचान खुलेको छैन ।’

बर्षाको कारण माथिबाट आएको ढुंगा लागेर ज्यान गएको हुन सक्ने अनुमान गरिएको तर थप अनुसन्धानपछि वास्तविकता आउने उहाँले बताउनुभयो । उक्त शवको प्रकृति हेर्दा तराईवासी जस्तो, कालो हाफ पाईन्ट लगाएको, खैरो रंगको टिसर्ट लगाएको, अन्दाजी ५ फिट २ ईन्च उचाई भएको जनाईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार