आरम्भ अटो मोबाईल्स संचालनमा

आरम्भ अटो मोबाईल्स संचालनमा

बाँकेको नेपालगन्जमा आरम्भ अटो मोबाईल्स सन्चालनमा आएको छ । लुम्बिनी कर्णाली तथा सुदुर पश्चिम प्रदेशलाई लक्षित गरी आजबाट मोटर पार्ट्स सम्बन्धी सम्पूर्ण सेवा सुरु गरिएको सन्चालक दिवश पोखरेलले बताउनु भयो ।

काठमाडौँको एन आर मल्टी ट्रेस कन्सर्न सँगको सहकार्यमा करिब १ करोड लागतमा नेपालगन्जमा बुधबारदेखि सेवा सुरु गरेको आरम्भ अटो मोबाईल्सले विभिन्न खाले सवारी साधनका स्पेयर पार्ट्स थोक तथा फुटकर रुपमा उपलब्ध गराउने बताएको छ।

कम्पनीले विभिन्न अन्य उत्पादक कम्पनीहरुका जेन्युन पार्ट्स तथा सवारि साधनमा प्रयोग हुने अन्य सामानहरु पनि सुपथ मूल्यमा उपलब्ध गराउने बताएको छ । हाललाई यो सेवा काठमाडौको कलङ्की र बाँकेको नेपालगन्ज-४ बाईपास बाट उपलब्ध हुने छ ।

यस्तै निकट भविष्यमै सुर्खेत धनगढि दाङ र रुकुम पश्चिमको चौरजहारीमा शाखा विस्तार गरिने बताईएको छ । कम्पनीले अहिले बजारमा आफू खुसी मूल्य निर्धारण हुने गरेको तथा मूल्य र सामानको जानकारी नहुने ग्राहकहरु महँगोमा सामान किन बाध्य हुनु परेको समस्याबाट मुक्ती पाउने बताएको छ ।

विभिन्न अन्तरास्ट्रिय कम्पनी हरु सङ्ग पनि डिलरसीपको कुरा भैरहेको र निकट भविष्यमै अत्याधुनिक सर्भिस सेन्टरबाट सवारी साधन सर्भिस र मर्मतको सेवा पनि संचालन हुने बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार