रेजिनाको उपचारको लागि सहयोगको अपिल

रेजिनाको उपचारको लागि सहयोगको अपिल

अस्पतालमा उपचाररत रेजिना केसी ।

मुसीकोट । ब्लड क्यान्सरबाट पीडित  रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं ६ की २६ बर्षकी रेजिना केसीको उपचारको लागि सहयोगको अपिल गरिएको छ ।

ब्लड क्यान्सर बाट पिडित रेजिनाको उपचारको लागि धेरै पैसा लाग्ने भएपछि उपचारको लागि परिवारले सहयोगको अपिल गरेका छन ।

परिवारका अनुसार रेजिनाको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भैरहेको थियो तर नेपालमा उपचार सम्भव नभएपछि अहिले भारतको गान्धी क्यान्सर अस्पतालमा उपचार भैरहेको बुवा मोहन केसीले जानकारी दिनुभयो ।

परिवारका अनुसार भक्तरपुर क्यान्सर अस्पतालमा रेजिनाको उपचारको लागि मात्रै करिव साढे चार लाख रकम खर्च भैसकेको छ । अहिले पनि भारतको गान्धी क्यान्सर अस्पतालमा एक पटक किमो थेरापी गर्दा १ लाख २९ हजार भारु रकम खर्च हुने गरेको छ  ।

रेजिनाको उपचारमा सहयोग गर्न चाहने मनकारीहरूले एसविआइ बैंक पाटन शाखा सिधै जम्मा गर्न सकिनेछ ।

खातावालाको नामः धनराज केसी (श्रीमान)

नेपाल एसविआइ बैंक पाटन शाखा

खाता नम्बर : २०२१५२४९९००४९५ 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार