आजदेखि एसईई परिक्षा , रुकुम पश्चिममा ४२३० परीक्षार्थी

आजदेखि एसईई परिक्षा , रुकुम पश्चिममा ४२३० परीक्षार्थी

मुसिकोट । माध्यामिक शिक्षा परीक्षा (एसईई) परिक्षा आजदेखि (शुक्रबार) हुँदैछ । कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ /२०७७ मा आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भने भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न लागेको हो ।

रुकुम पश्चिमबाट ४ हजार २ सय ३० जना विद्यार्थी सहभागि हुँदैछन् ।

जिल्लाका विभिन्न २३ केन्द्रबाट नियमिततर्फ र ग्रेड वृद्धिका लागि २ हजार १ सय २ छात्र र २ हजार १ सय २८ छात्राले परीक्षा फाराम भरेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तारा प्रकाश पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार नियमिततर्फ साधारण अन्तर्गत ४ हजार १ सय ४४ जना र प्राविधिकतर्फ ४८ जना गरी ४ हजार १ सय ९२ जनाले परीक्षा फाराम भरेका छन् ।

ग्रेडवृद्धितर्फ साधारण र प्राविधि गरी ३८ जनाले एसईईको परीक्षा फाराम भरेका छन् । परीक्षा २० वैशाखमा सकिने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार