परीक्षा अवधिभर फोटो/भिडिओ नखिच्नू

परीक्षा अवधिभर फोटो/भिडिओ नखिच्नू

फाइल तस्बीर ।

गृह मन्त्रालयले अनुगमनको नाममा परीक्षा हलमा पटक/पटक प्रवेश नगर्न र फोटो/ भिडिओ नखिच्न अनुरोध गरेको छ।

बुधबार मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै  अहिले अनुगमनको नाममा परीक्षा हलमा प्रवेश नगर्न अनुरोध गरेका हुन्।

परीक्षा हलमा प्रवेश गरी वातावरणलाई अस्वस्थ बनाउने गरेको पाइएकोले त्यस्तो नगर्न विज्ञप्तिमा भनिएको छ।  अहिले कक्षा १० का विद्यार्थीको एसइई परीक्षा जारी छ।

निरीक्षकले परीक्षा दिँदै गरेका विद्यार्थीहरूको तस्बिर तथा भिडिओ खिचेर सामाजिक सञ्जालमा हाल्ने गरेको पाइएको छ।

‘परीक्षार्थीहरूलाई उत्तरपुस्तिका वितरण गर्नुपूर्व एवं परीक्षा अवधिभर कार्यालय प्रयोजनको लागिबाहेक अन्य कुनै पनि प्रकारले तस्बिर वा भिडिओ नलिनू,’ विज्ञप्तिमा उल्लेख छ, ‘तोकिएका निरीक्षकबाहेक अनुगमनका नाममा ठूलो संख्यामा बाह्य व्यक्तिहरू एकैपटक वा पटक/पटक परीक्षा हलमा प्रवेश गरी परीक्षाको वातावरण अस्वस्थ बनाउने गरेको पाइएकोले त्यस्ता कार्य नगर्न जानकारी गराइन्छ।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार