सल्यानमा चालक र सह–चालकको निःशुल्क स्वास्थ्य परिक्षण

सल्यानमा चालक र सह–चालकको निःशुल्क स्वास्थ्य परिक्षण

सल्यानमा सवारी दुर्घटना न्यूनीकरणका लागी चालक र सह–चालकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालय सल्यानको समन्वय र स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजनामा श्रीनगर बस पार्कमा एक दिने सवारी चालक तथा सह-चालकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

बिशेष गरि राप्ती राजमार्गमा हुने सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सवारी चालक तथा सह-चालकहरुको नि: शुल्क सुगर, प्रेसर र आँखाको जाँच गरिएको जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रमुख लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई सय जना चालक तथा सह-चालकहरुको नि:शुल्क स्वास्थ्य चेक जाँच गरिएको हो ।

पछिल्लो समय जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले सवारी दुर्घटना न्यूनीकरणका लागी सवारी चेकजाँचमा तिब्रता दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार