जाजरकोटमा सार्वजनिक सवारी साधनमा टाइम कार्ड लागू

जाजरकोटमा सार्वजनिक सवारी साधनमा टाइम कार्ड लागू

जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले शुक्रबारबाट यात्रुबाहक सवारी साधनमा टाइम कार्ड लागू गरेको छ।

तीव्र गतिका कारण सवारी दुर्घटना बढ्दै गएपछि यसलाई न्यूनिकरण गर्न यात्रुबाहक सवारी साधनमा टाइम कार्ड लागू गरिएको हो। छिन्चु जाजरकोट सडकखण्डमा चल्ने सम्पूर्ण सार्वजनिक सवारी साधन, खलंगादेखि कुदु हुँदै छेडाचौरसम्मका लागि टाइम कार्ड लागू गरिएको हो।

टाइम कार्ड लागू भएपछि समय भन्दा अगावै सवारी साधन तोकिएको स्थानमा आइपुगेमा कार्वाही गरिने ट्राफिक प्रहरीको भनाइ छ।

टाइम काड लागू भएपछि एक अर्काबीच प्रतिस्पर्धा कम हुने भएकाले दुर्घटनासमेत कम हुने सवारी चालकको भनाइ छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार