ललितपुरकाे ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टियो

ललितपुरकाे ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टियो

ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिएको छ । बुधबार बिहान बीएण्डबी अस्पताल नजिकै बस ट्याक्सीमाथि पल्टिएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार बा ३ ख ४४४० नम्बरको बस बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टिएको थियो । घटनामा ट्याक्सी चालक सञ्जोग घिसिङ घाइते छन् ।

दुर्घटनाको कारण खुलिनसकेको ललितपुरका डीएसपी अंगुर जिसीले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार