मतदाता नामावली संकलन स्थगित

मतदाता नामावली संकलन स्थगित

प्रदेश र प्रतिनिधि सभा चुनाव घोषणासँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनाव ४ मंसिरमा गर्ने निर्णय गरेको छ । लगतै पत्रकार सम्मेलन गरेको निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरिएको जानकारी दिएको छ ।

आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार अनलाइन फारम गरेर औंठा छाप र फोटो खिच्ने मिति निर्धारण भइसकेकाहरुको हकमा भने साउन २१ गतेसम्म समय दिइनेछ ।

३० वैशाखमा भएको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए ।

पछिल्लो पटक आयोगले १ असारदेखि फेरि मतदाता नामावली संकलन गरेको थियो । यो अवधिमा झण्डै ५ लाख मतदाता थपिएको आयोगको आंकलन छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार