दसैँ लगत्तै मनोनयन हुन्छ : प्रमुख आयुक्त दिनेश थपलिया

दसैँ लगत्तै मनोनयन हुन्छ : प्रमुख आयुक्त दिनेश थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दसैँको टिका लगत्तैपछि प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि मनोनयन गरिने जानकारी दिनुभएको छ ।

बिहीबार मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा भएपछि चुनावी तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले दसैँलगत्तै मनोनयन गर्ने गरी चुनावी कार्यतालिका आउने बताउनु भयो । उहाँले भन्नु भयो, ‘दसैँको लगत्तै मनोनयन हुन्छ। ठ्याक्कै मिति अहिले नै नभनौँ। तर दसैँपछि लगत्तै चुनावका लागि उम्मेदवारी दर्ता गरिने छ।’ यस वर्षको दसैँको टिको दिन असोज १९ गतेका लागि रहेको छ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले उम्मेदवारी दर्ता भएपछि संसदको कार्यकाल स्वत सकिने बताउनु भयो ।

अहिलेसम्म अनौपचारिक रुपमा तयारी गरिरहेका र त्यसलाई औपचारिकता बदलेर काम गर्ने उहाँले जानकारी दिनुभयो ।

यो चुनावमा वैशाखमा भएको स्थानीय तहको चुनावमा भन्दा दश लाख मतदता बढ्ने आयोगले दाबी गरेको छ। स्थानीय तहमा एक करोड ७७ लाख मतदाता थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार