चौरजहारी नगरपालिमा प्रगति समीक्षा र सार्वजनिक सुनुवाइ कार्यक्रम

चौरजहारी नगरपालिमा प्रगति समीक्षा र सार्वजनिक सुनुवाइ कार्यक्रम

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को पहिलो चौमासिकमा कार्यसम्पादन गरेका कार्यक्रमको प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबार नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा पहिलो त्रैमासिकमा सम्पादित ‍कार्यक्रमहरुको सार्वजनिक र समीक्षा गरिएको थियो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले शिक्षा, स्वास्थ्य, आर्थिक विकास, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, पूर्वाधार विकास, सुशासन तथा संस्थागत विकास, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा सम्पादित कामहरूको कार्यपत्र सार्वजनिक गर्नुभएको थियो ।

त्यसैगरी वित्तीय प्रगति अन्तर्गत प्राप्त आम्दानी र खर्चको विवरण पनि सार्वजनिक गरिएको थियो । नगरपालिकाले हालसम्म २८.६५ प्रतिशत वास्तविक आय भएकोमा २३.२३ प्रतिशत खर्च भएको छ । चालुतर्फ ३०.२५ र पुँजीगततर्फ १३.१७ प्रतिशत खर्च भएको जनाएको छ ।

नगर कार्यपालिकाको कार्यालय र सोअन्तर्गतका निकायबाट हुने सेवा प्रवाहलाई थप व्यवस्थित, गुणस्तरीय, जवाफदेही र पारदर्शिता कायम गर्नुका साथै विकास निर्माणका काममा थप गति प्रदान गर्न दिएका सुझावहरू प्रचलित कानुनको परिधीभित्र रही सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख पुष्प बादी, उप-प्रमुख ईश्वरी कुमारी शर्मा वि.एम, निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, सरकारी र गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, पत्रकार, नगर कार्यपालिकाको कार्यालय र सोअन्तर्गतका निकायमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार