६९६ जनाको आँखा जाँच, १४६ जना मोतियाविन्दुको शल्यक्रिया

६९६ जनाको आँखा जाँच, १४६ जना मोतियाविन्दुको शल्यक्रिया

मुसिकोट । रुकुम पश्चिममा शुक्रबार सम्पन्न दुई दिने निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग, राप्ती आँखा अस्पताल तुलसिपुर दाङको प्राविधिक सहयोग र मुसिकोट नगरपालिकाको स्थानीय व्यवस्थापनमा आँखा उपचार केन्द्र सल्लेले शिविरको आयोजना गरेको हो ।

आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीका अनुसार दुईदिन सम्म सञ्चालन भएको शिविरमा १४६ जनाको मोतियाविन्दुको शल्यक्रिया र ६९६ जनाको नि:शुल्क आँखा जाँच गरिएको छ । नेत्र विशेषज्ञ डाक्टर सुरेश रसाइलीको नेतृत्वमा १६ जनाको प्राविधिक टोलिले शिविरमा सेवा दिएको हो।

मोतियाविन्दुको समस्या भएका बिरामीहरुलाई लक्षित गरेर शिविरको आयोजना गरिएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख केसीले जानकारी दिनुभयो ।

शिबिर मंसिर २३ र २४ गते जिल्ला अस्पताल सल्लेमा रहेको आँखा उपचार केन्द्रमा सञ्चालन गरिएको थियो ।

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार