जाजरकोटमा जिप दुर्घटना, ९ जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटना, ९ जनाको मृत्यु

जारकोटमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। जिल्लाको छेडागाड नगरपालिका वडा नम्बर ४ भीरबाटी भन्ने ठाँउमा दुर्घटना भएको हो।

कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको बलेरो जिप मध्यपहाडी राजमार्गबाट दुई सय मिटर तल खसेको छ।

दशेराको जेवाबाट लेवा जाँदै गरेको जीप दुर्घटनामा परेको हो। ज्यान गुमाउने धेरैजसो लेवा गाँउका छन् । उनीहरूको परिचय खुल्न बाँकी छ। दुर्घटनामा तीन जना गंभिर घाइते भएका छन् ।

घाईतेको दशेरास्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार भैरहेको स्थानीय प्रेम रावतले जानकारी दिए । घटनको विस्तृत विवरण आउन बाँकी छ।

घटना स्थलमा प्रहरी पुगिसकेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार