तरकारी खेती र पशुपन्क्षी पालन सम्बन्धि तालिम सम्पन्न

तरकारी खेती र पशुपन्क्षी पालन सम्बन्धि तालिम सम्पन्न

मुसिकोट । रुकुम पश्चिम चौरजहारी नगरपालिमा आमा समुहका लागि मौसमी तथा बेमौसमी तरकारी खेती र पशुपालन सम्बन्धि तीन दिने व्यवसायिक तालिम आज सम्पन्न भएको हो ।

मानव विकास तथा सामुदायिक सेवा अन्तरगत सरसफाइ तथा जिबिकोपार्जन प्रबर्द्धन परियोजनाको आयोजना, चौरजहारी नगरपालिका वडा नम्वर १२ र सिबिआरको समन्वयमा जीविको पार्जनका लागी व्यवसायमुलक सन्चालन गरिएको थियो।

नगरपालिकाको वडा नम्वर १२ मा वसोवास गर्ने आमा समुह स्वास्थ्य आमा र अपांगता भएका परिवारहरुका लागी आधारभुत तहको ३ दिने तालिम गत मङ्सिर २४ गते देखि सोही वडामा सन्चालन गरिएको आयोजकले बताएको छ ।

तालिम समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष टिकाराम ओलीले नगरपालिकाले लिएको आत्मनिर्भर एकतावद्ध र समृद्ध नगरको निर्माण ,चौरजहारी नगरवासीको पहिचान भन्ने मुलनाराको मर्म अनुरुप तालिमले सार्थकता दिने कुरामा आफु विश्वस्त रहेको वताउनु भयो । उहाँले शिक्षा ,स्वास्थ्य,सरसफाई,र व्यवसाय संग समुदायलाई जोडि नगरले लिएको लक्ष्य हासिल गर्न परियोजना ले खेलेको भुमिका प्रति प्रसंसा गर्दै आगामी दिनहरुमा पनि यस्ता किसिमका कार्यक्रम लाई निरन्तरता दिन आबास्यकता रहेको बताउनु भयो।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ का उपाध्यक्ष गोपाल रेग्मी चौरजहारी नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष टिकाराम ओलि, बिध्यालयका शिक्षक आयोजकको तर्फ वाट परियोजना अधिकृत कृषि तालिमका प्रशिक्षक बिक्रम बुढामगर लगाएतका अतिथीहरुको सहभागीता रहेको थियो ।

तालिममा मौसमी तथा वेमौसमी तरकारी खेति र पशुपालनमा गरी १२० जनाको आमाहरुको सहभागीता रहेको थियो । तालिम समापन कार्यक्रमको सन्चालन मानव बिकास तथा समुदायिक सेवा आशा बालबिकास सेवा सिबिआर चौरजहारीका सन्देश जैसिले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार