होटलका खानाहरुमा अखाद्य बस्तु

होटलका खानाहरुमा अखाद्य बस्तु

खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको टोली अनुगमनका क्रममा चौरजहारीको एक होटलमा ।

मुसिकोट । रुकुम पश्चिमका खाजा पसल तथा होटलहरुमा पाईने खाना र खाजाहरुमा अखाद्य बस्तु मिसाउट गरिएको पाईएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्णाली प्रदेश सुर्खेतका अनुसार अधिकांस खाजा घर तथा होटलहरुमा पाईने खाजा तथा खानाहरुमा अखाद्य बस्तु मिसावट भएको पाईएको हो ।

खाद्य तथा गुण नियन्त्रण कार्यलय सुर्खेतले रुकुम पश्चिममा विभिन्न समयमा गरेको अणुगमणका क्रममा खाजा पसल तथा होटलको अवस्था नसुध्रिएको पाईएको हो । तिन वर्ष पहिला जिल्लाको विभिन्न ठाउँमा गरिएको अनुगमणको वेला देखिएको समस्या यो वर्ष पनि देखिएको हो । कार्यालय सुर्खेतको टोली जिल्लाको चौरजहारी नगरपालिका र मुसीकोट नगरपालिकामा वजार अनुगमण गरेको थियो ।

अनुगमणको क्रममा होटल तथा पसलहरुमा तारेको खानेकुरामा रङ् मिसाएको पाईएको छ । तारेको खाजामा रङको प्रयोग स्वास्थ्यको लागि हानिकारक रहेको छ । पटक–पटक अनुगमण गर्दा पनि सुधार नदेखिएको हो । सदरमुकाम भन्दा पनि सदरमुकाम बाहिर यस्तो समस्या धेरै रहेको छ ।

पुस ११ गते चौरजहारी नगरपालिका र १२ गते मुसीकोट नगरपालिकामा वजार अनुगमण गरिएको हो । अनुगमणको क्रममा होटल, खाद्य पसल, खाद्य उद्योग, होटल तथा खाजा घरहरुको अनुगमण गरिएको थियो । खाद्य पसल र किराना पसलहरुमा केहि सुधार भए पनि खाजा घर तथा होटलहरुमा भने सुधार नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्णाली प्रदेश सुर्खेतका निमिक्त प्रमुख भेषबहादुर थापाले जानकारी दिनुभयो ।

अनुगमणको क्रममा खाद्य उद्योगहरुलाई खाद्य अनुज्ञापत्र लिएर र प्याकेजिङमा लेवल विवरण उल्लेख गरेर मात्र उत्पादन र विक्रि गर्न निर्देशन दिईएको उहाँले बताउनुभयो । होटल तथा खाजा पसलहरुमा भने विभिन्न खालका रङ हालेको परिकार फेला परेको, सरसफाईमा ध्यान नदिएको, भान्सा र भाडा माझ्ने ठाउँ नजिकै रहेको, बासी खाजा खुवाउने गरेको, फ्रिजहरुमा खानेकुरा धेरै समय सम्म राखेको पाईएको थापाले बताउनुभयो ।

होटल तथा खाजा पसलमा सुधार नदेखिए पछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्णाली प्रदेश सुर्खेतले जिल्लाका होमस्टे, होटेल, रेष्टुरेन्ट र क्यान्टिन संचालकहरुलाई खाद्य स्वच्छता सम्वन्धि दुई दिने तालिम आयोजना गरेको थियो । बुधबार र बिहिबार खंलगामा तालिममको आयोजना गरिएको हो । तालिममा सहभागिहरुलाई खाद्य सुरक्षाको विषयमा सिकाईएको कार्यालय प्रमुख थापाले बताउनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार