मुसिकाेट नगरपालिकामा पुन : मतगणना गर्नु नपर्ने उच्च अदालतकाे फैसला

मुसिकाेट नगरपालिकामा पुन : मतगणना गर्नु नपर्ने उच्च अदालतकाे फैसला

मुसिकाेट। उच्च अदालत सुर्खेतले मुसिकाेट नगरपालिकामा पुन : मत गणना गर्नु नपर्ने फैसला गरेकाे छ। मुसिकाेट नगरपालिकाका मेयरका प्रत्याशी माओवादी केन्द्रका बसन्त कुमार शर्मा सहित दुई वटा वडा अध्यक्षका प्रत्याशीले पुन: मतगणनाकाे माग सहित दायर गर्नुभएको मुद्दामा यस्ताे फैसला गरेकाे हाे ।

पुस १३ गते मुख्य न्यायाधीश माधवप्रसाद पाेख्रेल र न्यायाधीश लेखनाथ ढकालकाे संयुक्त इजलासले शर्मा लगायत वडा नं १ का वडा अध्यक्षका प्रत्याशी डम्बर थापा र वडा नं १४ का वडा अध्यक्षका प्रत्याशी चन्द्रबहादुर विष्टले पुन: मतगणनाकाे माग सहित दायर गर्नुभएको मुद्दामा दावी नपुगेकाे भन्दै पुन: मतगणना नगर्नुपर्ने फैसला सुनाएकाे हाे ।

तीनै जना प्रत्याशीहरूले गत जेठ १२ गते पुन: मतगणनाकाे माग गर्दै उच्च अदालत सुर्खेतमा मुद्दा दायर गर्नुभएकाे थियाे ।

गत वैशाख ३० गते भएकाे स्थानीय तहकाे निर्वाचनमा मुसिकाेट नगरपालिकामा १३ मतान्तरले नेपाली काङ्ग्रेसका महेन्द्र केसी विजयी हुनुभएको थियाे । केसीले ६९१४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी शर्माले ६९०१ मत प्राप्त गर्नुभएको छ ।

वडा नं १ मा काङ्ग्रेसका ज्ञानु चन्द्र चन्द र वडा नं १४ मा काङ्ग्रेसकै गाेवर्धन वली विजयी हुनुभएको थियाे ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार