मेरोमाइक्रोफाइनान्स मुसिकोट शाखाद्वारा सहयोग रकम हस्तान्तरण

मेरोमाइक्रोफाइनान्स मुसिकोट शाखाद्वारा सहयोग रकम हस्तान्तरण

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं १३ लामडाँडा स्थित सिता रोका लाई मेरोमाइक्रोफाइनान्स मुसिकोट शाखाले सात हजार पाँच सय रुपैया सहयोग रकम हस्तान्तरण गरेको छ ।

लामडाँडा स्थित मेरो जनज्योती महिला केन्द्रमा बचत तथा कर्जाको कारोबारो गर्दै आउनु भएकी सदस्य सिता रोकाको श्रीमान अतिराम रोकाको मृत्यु पछि काजक्रिया खर्च बाफत रकम हस्तान्तरण गरेको हो ।

सदस्य रोका मेरोमाइक्रोफाइनान्स मुसिकोट शाखा अन्र्तरगत बिगत २०७७ साल देखि समुहमा आवद्ध भएर कारोबार गर्दै आउनु भएको थियो । २०७९ असोज १६ गते उहाँको श्रीमानको निधन भएको थियो ।

यस्तै जिल्लाको बाँफिकोट गाँउपालिका वडा नम्बर ९ झुलास्थित पबि गिरी लाई पनि सात हजार पाँच सय रुपैया सहयोग रकम हस्तान्तरण गरिएको छ ।

झुलास्थित मेरो पिपलबोट महिला केन्द्रमा बचत तथा कर्जाको कारोबारो गर्दै आउनु भएकी सदस्य गिरीको श्रीमान खिउरो गिरीको मृत्यु पछि काजक्रिया खर्च बाफतको रकम हस्तान्तरण गरिएको शाखा प्रबन्धक गोविन्द थापाले जानकारी दिनुभयो ।

मेरोमाइक्रोफाइनान्सले ६४ जिल्लामा १ सय ५० शाखा कार्यालयबाट विभिन्न जिल्लाहरुमा १ लाख ६० हजार भन्दा बढी घरधुरीहरुलाई सेवा दिदै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार