जिल्ला प्रशासनको गेटमा लघुबित्त पीडितहरुको धर्ना

जिल्ला प्रशासनको गेटमा लघुबित्त पीडितहरुको धर्ना

मुसिकोट । रुकुम पश्चिममा लघुबित्तिय संस्थाहरुद्वारा पीडित भएको भन्दै जिल्ला प्रशासन कार्यालय गेटमा धर्ना बस्दै आएका छन। लघुबित्तिय संस्था बिरुद्धको संघर्ष समिति रुकुम पश्चिमले चैत २१ गते देखि निरन्तर प्रशासनको गेटमा शान्तिपूर्ण धर्ना दिदैं आएको हो ।

संघर्ष समितिका जिल्ला अध्यक्ष कर्मी केसीले विभिन्न पाँच बुद्धे माग राखेर धर्ना गरिरहेको बताउनुभयो । उहाँले शान्तिपूर्ण धर्ना कार्यक्रमको अहिलेसम्म कुनै पनि तहबाट सुनुवाई नभएको समेत जनाउनुभयो ।

स्थानीय सरकारका प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी लगायत कुनै पनि निकायले लघुबित्त पीडितका मागहरुको वास्ता नगरेको उहाँको भनाई रहेको छ । राजनीतिक दलहरुले समेत ऐक्यबद्धता जाहेर गर्न नसकेको अध्यक्ष केसीले उल्लेख गर्नुभयो ।

संघर्ष समितिले अव धर्ना कार्यक्रमको स्वरुप परिवर्तन गर्ने जनाएको छ । सोमबार पनि धर्ना दिने र त्यस लगत्तै पीडितहरुको बैठक बसेर मङगलबारबाट आन्दोलन सशक्त बनाउने बताईएको छ । अध्यक्ष केसीले जुलुस, नाराबाजी लगायतका कार्यक्रम गर्ने जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार