बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास जारी

बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास जारी

फाईन फोटो

काठमाडौँ । पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अझै खुलेको छैन ।  तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

पहिरोसँगै ठूला–ठूला ढुंगा खसेकाले हिजो बेलुकादेखि सडक अवरुद्ध भएको हो । सडक खुलाउने प्रयास भैरहेको प्रदेश ५ का प्रहरी प्रमुख रविन्द्र धानुकले जानकारी दिएका छन ।

लगातारजसो पानी परेकाले पहिरो पन्छाउन नसकिएको उनले बताएका छन । अहिले गाडीको आवतजावत पूर्ण रुपमा बन्द छ । सडक अबरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार